मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

नेपाली–भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायतासम्बन्धी विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।

May be an image of dais and textअभ्यासको शुभारम्भ श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने उक्त अभ्यास मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ।

अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायतासम्बन्धी विषयमा केन्द्रित रहेर तालिम सञ्चालन गरिनेछ। यस क्रममा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन्।

विशेषगरी प्राकृतिक विपद्का समयमा खोज तथा उद्धार, राहत व्यवस्थापन र मानवीय सहयोगका कार्यलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सैनिक क्षमता अभिवृद्धिमा अभ्यासले जोड दिनेछ। साथै, जङ्गल तथा प्रतिकूल भौगोलिक परिस्थितिमा गरिने सैनिक कारबाही र संयुक्त रूपमा कार्यसम्पादन गर्ने क्षमतासमेत विकास गरिनेछ।

May be an image of textवि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘अभ्यास–सूर्यकिरण’को १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। दुई देशका सेनाबीच नियमित रूपमा हुँदै आएको यस अभ्यासलाई आपसी सहकार्य, अनुभव आदानप्रदान र व्यावसायिक दक्षता अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा लिइँदै आएको छ।

नेपाली सेनाले यस किसिमको संयुक्त सैनिक अभ्यासबाट नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान, कार्यक्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास लिएको छ।

२०औँ संस्करणको अभ्यासले दुई देशका सैनिकबीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुका साथै विपद् व्यवस्थापन तथा मानवीय सहायताका क्षेत्रमा संयुक्त रूपमा काम गर्ने क्षमता विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
२०८३ मंग्सिर ९, बुधबार
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए
२०८३ मंग्सिर ९, बुधबार
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु
२०८३ मंग्सिर ९, बुधबार
अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने
२०८३ मंग्सिर ९, बुधबार
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
२०८३ मंग्सिर ९, बुधबार
त्रिवि सम्बन्धनका कलेजले अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाउने
२०८३ मंग्सिर ९, बुधबार