मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

झापा महिला गोल्डकप : एपीएफ फाइनलमा

प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, ९ मङ्सिर : दूधे रङ्गशालामा जारी झापा महिला गोल्डपकको आजको खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै एपीएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

खेलको २६ औँ मिनेटमा एपीएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बूले एपिएफकी रश्मीकुमारी घिसिङलाई डि–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मीले सोझै पोस्टको दिशा दिइन् । एपिएफले खेलको ३८ औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मीले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद रु १५ हजार पुरस्कार पाइन् । बिहीबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच हुँदैछ ।

प्रतियोगिताको विजेताले नगद रु ११ लाख तथा उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले एक लाख ५० हजार पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउनेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँकेको साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
२०८३ मंग्सिर ९, बुधबार
परराष्ट्रमन्त्री शिशिर खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेटवार्ता
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा
२०८३ मंग्सिर ९, बुधबार
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीले जिते १९ पदक
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक
२०८३ मंग्सिर ९, बुधबार
बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
झापा महिला गोल्डकप : एपीएफ फाइनलमा
२०८३ मंग्सिर ९, बुधबार