असोज १२, २०८३ सोमबार September 28, 2026

दुई लाख सहित सात जना जुवाडे पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तनहुँ प्रहरीले जुवा खेलिरहेकै अवस्थामा करिब रु दुई लाख तथा सात जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारस्थित सापकोटा होटलबाट मङ्गलबार साँझ ८ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जुवाडेको साथबाट रु एक लाख ९७ हजार ९५० समेत बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । जुवा खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिई गएको टोलीले जुवा खेल्ने र खेलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उपरीक्षक पौडेलले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका–११ बस्ने दीपक श्रेष्ठ, दीपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० बस्ने मोतीकुमार श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैगरी बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–४ बस्ने टेक छन्त्याल र पर्वत जिल्लाको बालकोट– ४ बस्ने रवि गुरुङलाई नियन्त्रणमा लिइएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार