काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट उक्लिएर तेस्रो स्थानमा पुगेकी छन्।
गौतमको मर्यादाक्रम बढेसँगै यसअघि तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन्। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रममा प्रधानमन्त्री शाहपछि पहिलो र दोस्रो स्थानमा रहेका सदस्यहरूको क्रम यथावत् छ। १७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यहरूको मर्यादाक्रममा भने कुनै परिवर्तन गरिएको छैन।
प्रधानमन्त्रीको निर्णयअनुसार गरिएको मर्यादाक्रम हेरफेरपछि मन्त्रिपरिषद्का सदस्यहरूको वरीयतामा परिवर्तन आएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया