मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

मुक्तिनाथ मन्दिरमा साढे ४५ लाखभन्दा बढी भेटी सङ्कलन

मन्दिरमा नेपाल र भारतबाहेक अरू १० देशका विदेशी मुद्राहरू पनि सङ्कलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ । मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चार महिनाको अवधिमा ४५ लाख ४६ हजार रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ ।

मुक्तिनाथ विकास समिति कोषका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको हो । जसमा नेपाली २६ लाख ५९ हजार र भारतीय ११ लाख ७९ हजार रुपैयाँभन्दा बढी रहेको छ ।

मन्दिरमा नेपाल र भारतबाहेक अरू १० देशका विदेशी मुद्राहरू पनि सङ्कलन भएका छन् । व्यवस्थापक दिनेश भुसालका अनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउण्ड, थाई भाट, मलेसियन रिङ्गेटलगायत विभिन्न विदेशी मुद्रा भेटीस्वरूप प्राप्त भएको छ ।

भक्तजनबाट सङ्कलित रकम विभिन्न बैंकमा रहेको कोषको खातामा जम्मा गर्ने गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया