काठमाण्डौंः उत्तर कोरियामा नयाँ दुई ओटा कानुन कार्यान्वयनमा ल्याइएको छ । एउटा कानुनले सार्वजनिक स्थलहरुमा धुम्रपान गर्न प्रतिवन्ध लगाइएको छ भने अर्को कानुनले सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिइएको छ ।
कोरियाली केन्द्रिय समाचार संस्थाले बिहीबार सम्प्रेषण गरेको समाचारअनुसार दोस्रो कानुनमा व्यवसायीहरुलाई थप जग्गा जमिन, उर्जा र खर्च बचत गर्नुपर्ने उल्लेख गरिएको छ ।
उत्तर कोरियाको संसदका उच्च सदस्यहरु, सर्वोच्च जनसभालगायतको बैठकले बुधबार दुवै कानुनलाई स्विकृत गरेको जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया