असार २६, २०८२ बिहिबार July 10, 2025

बेलायतमा लकडाउन विरुद्ध प्रदर्शनः १०४ जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्ध प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीबार हजारौंले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोनाभाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे ।

हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागु गरेका छौं, केही व्यक्तिहरुले त्यसलाई अटेरी गरे, त्यसैले हामीले पक्राउ गरेका हौँ, उनले भने ।

झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ र त्यसको अस्थालाई कहिले खुकुलो र कहिले कसिलो बनाउने गरिएको छ । केही हप्ता अगाडि महामारी फेरी बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी घोषणा गरेको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरी अहिलेसम्म चार करोड ९० लाख ५६ हजार ६६४ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी १२ लाख ३९ हजार ९९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार ६२४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले मुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या एक करोड २८ लाख १५ हजार ४९ रहेको छ । ती मध्ये झण्डै एक प्रतिशत मात्रै गम्भीर अवस्थामा रहेका छन् ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार