असार २३, २०८२ सोमबार July 7, 2025

भाेलिबाट हुने ‘भर्चुअल’ तेक्वान्दो च्याम्पियनसिपमा विदेशी निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शनिबारदेखि सञ्चालन हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न देशका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने भएका छन्।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको वृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालसहित भारत, म्यानमा र अस्ट्रेलियाका निर्णायकले खेलाडीको मूल्याङ्‍कन गर्ने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए। उक्त च्याम्पियनसिपमा नेपालका रवीन्द्र मल्ल, भारतका अतुल पानगोत्रा, म्यानमाका अनुक न्यान तथा अस्ट्रेलियाका रियानलले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

सो च्याम्पियनसिपमा प्राविधिक टोलीको नेपालका कविराज खड्गीले गर्ने घिसिङले बताए। उक्त टोलीलाई राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी, अर्जुनभक्त राई, राजकुमार लामा, टिकादत्त दाहाल र गोपाल भण्डारीले सहयोग गर्ने छन्।

दुई दिनसम्म सञ्चालन हुने सो च्याम्पियनसिपमा नेपालसहित १९ देशका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। नेपालका १९० तथा भारत, हङकङ, मलेसिया, श्रीलंका, म्यानमा, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका १७१ खेलाडीले प्रतिस्पर्धा गर्ने संयोजक घिसिङले जानकारी दिए।

प्रतियोगिता युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा हुन लागेको हो।

उक्त च्याम्पियनसिपमा यू-१०, यू-१२, यू-१४, यू-१७, यू-२१, यू-२९, यू-४०, यू-५० र ५० वर्षभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा हुने छ। महिला र पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको आयोजकले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार