बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

टर्कीको केन्द्रीय बैंकका प्रमुख युसाल भए बर्खास्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीमा केन्द्रीय बैंकका प्रमुखलाई बर्खास्त गरिएको छ । अमेरिकी डलरको तुलनामा स्थानीय मुद्रा लिराको भाउ अहिलेसम्मको न्यूनस्तरमा ओर्लिए लगत्तै सो कदम चालिएको हो । टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोआनले शनिवार मुरात युसाललाई बर्खास्त गरेका छन् ।

सरकारी राजपत्रमा घोषणा गरिएको राष्ट्रपतीय आदेशअनुसार उनको स्थानमा पूर्व अर्थमन्त्री नासी अग्बाललाई बैंक प्रमुख बनाइएको छ । शुक्रवार अमेरिकी डलरको तुलनामा लिराको भाउ ८ लिरा ५८ कुरुसमा आएको थियो । वार्षिक मुद्रस्फीति पनि ११ दशमलव ८९ प्रतिशतमा रहेको छ ।

पूर्ववर्तीले अर्थतन्त्रलाई टेवा दिएर ब्याजदर कटौती गर्न असफल भएपछि सन् २०१९ को जुलाईमा युसल केन्द्रीय बैंकका अध्यक्ष मनोनित भएका थिए । उच्च ब्याजदरले मुद्रास्फीति नियन्त्रण गर्न सक्छ भन्ने अर्थशास्त्रको सिद्धान्तलाई खण्डन गर्दै एर्दोआनले ब्याजदर कटौती गर्न आग्रह गर्दै आएका थिए ।

गत सप्ताहन्तमा उनले ब्याज र विनिमय दर अनि मुद्रास्फीतिलाई शैतानको त्रिकोणको संज्ञा दिएका थिए । एग्बाल सन् २०१५ देखि सन् २०१८ को बीचमा अर्थमन्त्रीका रुपमा रहेका थिए । रासस/ एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार