असार २५, २०८२ बुधबार July 9, 2025

पाकिस्तानमा विवाहका लागि नयाँ निर्देशिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानमा बैबाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ।  कोरोनाभाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म छ हजार ९७७ जनाको मृत्यु भएको छ। ती मध्ये नौ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ।

सङ्क्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसिओसी)ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ।

नयाँ निर्देशिका अनुसार बैबाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा छ फिट दुरी कायम गर्नुपर्ने, बैबाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राती १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैबाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दुरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ। बैबाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परिक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ।

आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार