असार २३, २०८२ सोमबार July 7, 2025

आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनल आज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल आज (मंगलबार) हुँदैछ ।

आईपीएलको उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्नेछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।

आजको खेलमा दुवै टोलीले उपाधि जित्ने योजनामा छन् । उपाधि जित्न दुवै टोली उत्कृष्ट खेलाडी मैदानमा उतार्ने तथा आफ्नो टिमका मुख्य र केही नयाँ खेलाडीलाई स्थान दिने योजनामा छन् ।

दुवै टिमले एक अर्को टिमको अवस्था हेरेर खेलाडी मैदान उतार्नेछन् । इन्डिया डट्कमका अनुसार मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीचको सम्भावित प्लेइङ सेट यस्तो छ ।

मुम्बई इन्डियन्स : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेट किपर), इशान किशान, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनल पान्ड्या, न्याथन कुल्टर/जेम्स प्याटिन्सन, जसप्रित बुमराह, राहुल चाहार, ट्रेन्ट बोल्ट ।

दिल्ली क्यापिटल्स : श्रेयष अय्यर ( कप्तान ), शिखर धावन, मार्कस स्टोइनिस, अजिंक्य रहाने, ऋषभ पन्त (विकेट किपर), कगिसो रबडा, सिमरोन हेटमायर, अक्षर पटेल, रविचन्द्र  आश्‍विन, प्रविन डुबे, अर्निच नोटरेज ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार