असार २५, २०८२ बुधबार July 9, 2025

सैनिक हेलिकप्टर दुर्घटना हुँदा ७ सैनिकको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार रहेको एउटा हेलिकप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको हो ।

इजिप्टको सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना भएको हो । प्राप्त समाचार अनुसार दुर्घटनामा पाँच अमेरिकी सैनिकको मृत्यु भएको हो । दुर्घटनामा आठ सैनिक गम्भीर घाइते भएका छन् ।

बहुराष्ट्रिय सैन्य तथा निरीक्षण केन्द्रका अनुसार दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका अरु एक एक सैनिकको पनि ज्यान गएको हो । मृत्यु भएकाहरुको सैनिकहरको नाम भने सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन् ।

केन्द्रले इजिप्टको लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको बतायको छ । उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ । उतm हेलिकप्टर इजिप्टको सीमाभन्दा बाहिर लाल सागरमा दुर्घटना भएको एक सैनि अधिकारीले बताएका छन ।

। घाइते सैनिकहरुको उद्धार गरी इजरायलस्थित शहर इलातमा ल्याइएको इजरायली सेनाले बताएको छ । केन्द्रले हेलिकप्टरमाथि कुनै पनि समूहले आक्रमण गरेको नदेखिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया