बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

भारतमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरानाभाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोनाभाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना सङ्क्रमित थपिएका छन् । भारतमा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय सङ्क्रमित अवस्थामै रहेका थिए ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार