काठमाडौंः कोरोना भाइरस संक्रमणको कारण विदेशमा थप आठ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरस संक्रमणका कारण आठ जना नेपाली ज्यान गएको हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोना संक्रमणका कारण निधन हुने नेपाली संख्या २९३ जना पुगेको छ ।
संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना कोरोना संक्रमण भएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिवार साँझसम्म नेपालमा एक हजार २१५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया