असार २५, २०८२ बुधबार July 9, 2025

अमेरिकाको सत्ता हस्तान्तरण समयमै हुने रिपब्लीकन नेताको दावी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा नयाँ सरकार बनाउने सत्ता हस्तान्तरण गर्ने कार्य समयमै हुने रिपब्लीकन पार्टीका एक शिर्ष नेताले दाबी गरेका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्ने संकेत गरिरहेका बेला ट्रम्पकै पार्टीका नेताले सत्ता हस्तान्तरण समयमै हुने दाबी गरेका हुन्।

रिपब्लीकन पार्टीका शिर्ष नेता तथा सिनेटर मिट्च म्याककोनलले कानुनी व्यवस्था र निर्धारित समयानुसार नै सत्ता हस्तान्तरण हुनेमा ढुक्क हुन आह्वान गरेका हुन्।

राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई समयमै सहजै सत्ता हस्तान्तरण नगर्ने हो की भन्ने चिन्ता र चासो अमेरिकामा अत्यधिक देखिएको छ। कतिपयले समयमै सत्ता हस्तान्तरण हुनेमा आशंका र त्रास व्यक्त गरेका छन्।

अमेरिकामा हालै भएको निर्वाचनबाट ७७ बर्षीय बाइडेन निर्वाचित भएको औपचारिक रुपमा घोषणा भइसकेको छ भने ७४ बर्षीय वर्तमान राष्ट्रपति ट्रम्पले बाइडेनको जित र आफ्नो हार अझै स्विकार्नु गरेका छैनन्।

ट्रम्पले कतिपय ठाउँमा मतदानका बेलामा धाँधली भएको दाबी गर्दै पुनः मतदान गर्न वा पुनः मतगणना गर्न माग गर्दै आएका छन्। उनको मागमा कुनै आधार तथा प्रमाणहरु नभएको भन्दै न्यायाधिशहरुले उनको मागलाई खारेज गरिदिएपनि ट्रम्पले आफ्नो माग छोडेका छैनन्।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्नेमा नवनिर्वाचित वाइडेनले ३०० भन्दा बढी प्राप्त गरेका छन्।अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन सत्ता हस्तान्तरण गर्ने संवैधानिक व्यवस्था रहेको छ।

अमेरिकी उपराष्ट्रपतिमा यस पटक कमला ह्यारिस निर्वाचित भएकप् छन्। उनी पहिलो महिला उपराष्ट्रपति समेत भएको बताइएको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया