बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको स्थानीय समयअनुसार शुक्रबार पुष्टि गरेका हुन्।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसारका सबै मापदण्ड तथा नियमहरूको पालना गरेका छन्,” ती प्रवक्ताले भनेका छन्।

सङ्क्रमण पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमै राखिएको पनि प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको केहीअघि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अन्य केही सदस्यहरूसमेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

अहिले ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरू सहभागी भएको भोजमा सहभागी भएका थिए। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन्। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार