असार २६, २०८२ बिहिबार July 10, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोरा ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको स्थानीय समयअनुसार शुक्रबार पुष्टि गरेका हुन्।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसारका सबै मापदण्ड तथा नियमहरूको पालना गरेका छन्,” ती प्रवक्ताले भनेका छन्।

सङ्क्रमण पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमै राखिएको पनि प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको केहीअघि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अन्य केही सदस्यहरूसमेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

अहिले ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरू सहभागी भएको भोजमा सहभागी भएका थिए। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन्। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार