बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अर्को महिना नै अमेरिकीहरुले कोरोनाविरुद्धको खोप पाउन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना विरुद्धको पहिलो खोप अमेरिकीहरुले आगामी डिसेम्बर ११ मै प्राप्त गर्न सक्ने कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले जानकारी दिएका छन् । डाक्टर मोनसेफका अनुसार खोप स्वीकृत भएको २४ घण्टामै त्यसको प्रयोगका लागि खोप लगाउने स्थलहरुमा वितरण गरिनेछ ।

पछिल्ला केही हप्ता अमेरिकामा कोरोना संक्रमण अधिक उच्च बिन्दुमा पुगेका बेला यस्तो खबर सार्वजनिक हुनुलाई आशावादी मानिएको जनाइएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन पार्टनर बायोएनटेकले शुक्रबार मात्र अमेरिकामा खोपको आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरेको थियो । यो खोपको दुईवटा डोज आवश्यक पर्नेछ र अहिलेसम्मका अध्ययन र परीक्षण हेर्दा यो ९५ प्रतिशतसम्म प्रभावकारी हुने देखिएको छ । फाइजरले यही डिसेम्बरको अन्त्यसम्ममा झन्डै ५ करोड डोज उत्पादन गर्ने अपेक्षा गरेको छ ।

अमेरिकाको एफडीए समितिले यो खोपलाई स्वीकृति दिने सम्बन्धी डिसेम्बर १० मा अन्तिम छलफल र बैठक बस्ने जनाएको छ । खोप आधिकारिक रुपमा स्वीकृत भइसकेपछि यसलाई स्टेटको जनसंख्याका आधारमा वितरण गरिने जनाइएको छ । यसमा कसलाई पहिले खोप दिने भन्ने निर्णयका लागि स्टेटहरुले आफैँ जिम्मा लिनुपर्ने डाक्टर स्लाओइले जनाएका छन । तर, पहिले उच्च जोखिमयुक्त वर्ग जस्तै स्वास्थ्यकर्मी अनि जेष्ठ नागरिकहरुलाई नै प्राथमिकता दिन सुझाव दिँइदै आएको छ ।

अर्को कम्पनी मोडेर्नाको खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ र कम्पनीले पनि आगामी केही हप्तामै आधिकारिक स्वीकृतिका लागि निवेदन दिने अपेक्षा रहेको छ ।

दुवै खोपको प्रभावकारीता हेर्दा अमेरिकामा आगामी मे महिनासम्म ७० प्रतिशत जनसंख्यालाई सुइ लगाइ सकिनेछ डाक्टर स्लाओइ भन्छन् । तर, अर्कोतर्फ खोपप्रति मानिसहरुले नकारात्मक धारणा पनि बढ्दै गएको पाइएको छ जसमा सुधार आउने आशा रहेको उनले जानकारी दिए । सामान्य जीवनमा फर्कनु अगाडि अधिकांश मानिसले खोप लगाउनैपर्ने उनले जनाएका छन् ।

“पर्याप्त अमेरिकीहरुले सुइ लगाउन पाए भने अमेरिका, धेरै छिटो कोभिड विरुद्ध ‘हर्ड इम्युनिटी’ को स्थितिमा पुग्न सक्नेछ वरिष्ठ संक्रमक रोग विशेषज्ञ एन्थोनी फाउसीले भनेका छन्। र, संक्रमण नियन्त्रण गर्न सहज हुनेछ ।” दुईवटै खोपका ट्रायलको पूरा डाटा नआइसकेको भएपनि हालसम्म यिनमा कुनै समस्या देखा परेको छैन । तर, ती खोपले कति समयसम्म मान्छेलाई सुरक्षा दिलाउन सक्छ भन्ने चाहिँ अझै स्पष्ट नभएको जनाइको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार