असार २५, २०८२ बुधबार July 9, 2025

नाईजेरियाको मस्जिदमा बन्दुकधारीहरुको हमला- ५ को हत्या, १८ जना अपहरित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नाईजेरियामा शुक्रबार त्यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् । नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।

मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।

यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ । यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया