असार २३, २०८२ सोमबार July 7, 2025

बन्द प्रशिक्षणमा सहभागी हुन क्रिकेट खेलाडी काठमाडौंमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् ।

नेपाल क्रिकेट सङ्घ क्यान ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द प्रशिक्षण अघि सबै खेलाडी तथा प्रशिक्षकको मङ्गलबार पिसिआर परीक्षण गर्ने भएको छ । नेपाली राष्ट्रिय टोलीका फिजिओ विक्रम न्यौपानेका अनुसार खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण बन्द प्रशिक्षण नौ महिना ढिला हुन लागेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सबै सावधानी अपनाएर बन्द प्रशिक्षण गर्ने बताए ।

प्रशिक्षणमा सहभागी हुने खेलाडीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, कारण केसी, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की रहेका छन् ।

प्रशिक्षकमा जगत टमाटा रहेका छन । नेपालले विश्वकप लिग क्रिकेट दुईअन्तर्गत सन् २०२१ मा पाँच सिरिज खेल्ने तालिका रहेको छ । त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार