असार २५, २०८२ बुधबार July 9, 2025

भारतका वरिष्ठ नेता पटेलको कोरोनाका कारण निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतीय काँग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ। उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र शरीरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन्।

उनका छोरा फैसल पटेलले स्थानीय समयअनुसार बुधबार बिहान ३:३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए। पार्टीका शीर्ष रणनीतिकारसमेत मानिने ७१ वर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो। यही नोभेम्बर १५ देखि उनको अवस्था बिग्रिँदै गएको परिवारजनले जनाएका छन्। उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्मको शान्तिका लागि कामना गर्दछु।”

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जलि प्रकट गरेका छन्। आफूहरुप्रति सहानुभूति प्रकट गर्ने सबैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसका बारेमा हेल्चेक्र्याई नगर्न पनि आग्रह गरेका छन्।

स्वर्गीय पटेल गुजरातबाट अहिले पनि राज्यसभा सदस्य थिए। योसँगै उनी आठ पटक सांसद भएका थिए। ती मध्ये पाँच पटक राज्यसभामा भएको थिए भने तीन पटक लोकसभामा निर्वाचित भएको थिए।

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष थिए। अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो। रासस/पीटीआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार