असार २१, २०८२ शनिबार July 5, 2025

संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति गर्न संसदीय समितिको सरकारलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संवैधानिक आयोगका रिक्त पदमा नियुक्ति गर्न संसदीय सुनुवाइ समितिले सरकारलाई निर्देशन दिएको छ । आज बिहिबार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

बैठकमा आफ्ना धारणा राख्ने क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवैधानिक परिषद्को बैठकमा कोरम नपुगेकाले नियुक्ति गर्न नपाएको बताएका थिए ।

निर्देशन दिने क्रममा समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम पुर्याउने जिम्मा आफूहरुको नभएको बताएका छन् । उनले जसको जिम्मा हो उसैले कोरम पुर्‍याउनुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया