वैशाख २०, २०८१ बिहिबार May 2, 2024

आफ्नै स्कुल बसले किचेर विद्यार्थीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडानम्बर ९ मा एक विद्यालयको बसले किच्दा एलकेजीमा अध्ययनरत बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठ वर्षीय नवीन घिमिरे छन् ।

छम्पीस्थित होली टेम्पल विद्यालयको बा २ ख ५००९ नम्बरको बसले सोमबार बिहान करिब सवा ९ बजेतिर किचेर सोही विद्यालयका विद्यार्थी घिमिरेको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घिमिरेले एलकेजीमा पढ्दथे ।

विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताएका छन् ।

चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले केहीबेर सडक अवरुद्ध गरेका थिए । अहिले स्थितिमा नियन्त्रणमा आइसकेको र घटनाबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसर जावलाखेलकी एसपी दुर्गा चन्दले जानकारी दिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार