काठमाण्डौंः ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेको छ । आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने उहाँले बिहीबार घोषणा गरेको हो ।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उहाँले भन्नुभएको छ, “म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो अधिकार हो ।”
ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । मृतकहरुको यो सङ्ख्या अमेरिकापछि विश्वमै सवैभन्दा धेरै हो । कोरोनाका कारण भएको मानवीय क्षतिको हिसावले ब्राजिल दोस्रो क्रममा रहेको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ६९ हजार ५७९ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्याको हिसावले दोस्रोमा रहेको भारत भने मृतकहरुको सङ्ख्याका आधारमा तेस्रोमा रहेको छ । भारतमा कोरोनाका कारण मृत्यु भएको भनिएकाहरुको सङ्ख्या अहिलेसम्म एक लाख ३५ हजार ७५२ रहेको छ ।
विश्वमै दोस्रो धेरै मानवीय क्षति बेहोरेको मुलुक भएर पनि राष्ट्रपति बोल्सोनारोको अडान गलत भएको भन्दै धेरैले उनको आलोचना गरेका छन् ।
कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले गरेको कडाइप्रति उहाँले असहमति र असन्तुष्टि जनाउदै आएको छ । उनले मास्क लगाउनु नपर्ने, सामाजिक दुरी काम गर्नु नपर्ने र कुनै सतर्कताको आवश्यकता नभएको दावी पनि गर्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया