असार २३, २०८२ सोमबार July 7, 2025

टोटेनहम चेल्सीसँग गोलरहित बराबरीमा रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको टोटेनहम चेल्सीसँग गोलरहित बराबरीमा रोकएको छ। चेल्सीको मैदान स्ट्यामफर्ड ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले बराबरी खेल्दै अंक बाँडेका हुन्।

बराबरी खेलेसँगै चेल्सीले शीर्षस्थानमा जाने मौका गुमाएको छ भने गोल डिफरेन्सका आधारमा टोटेनहम शीर्षस्थानमा उक्लिएको छ। पहिलो र दोस्रो स्थानका टोटेनहम र लिभरपुलको समान २१ अंक भए पनि टोटेनहम गोल डिफरेन्सका कारण शीर्षस्थानमा उक्लिएको हो।

यता १९ अंक बनाएको चेल्सी तेस्रो स्थानमा छ। त्यस्तै, एक खेल कम खेलेको लेस्टर सिटी भने १८ अंकका साथ चौथो स्थानमा छ। खेलपछि टोटेनहमका प्रशिक्षक जोज माहोरिन्होले भने, ‘यो खेलमा धेरै अवसर प्राप्त नै भएन। यसकारण गोल हुन सकेन। यो त्यस्तो खेल हो जहाँ हामी दुवै टिम जित निकाल्न चहान्थ्यौँ। हामी एक अर्कालाई आदर पनि गछौं।’

त्यस्तै, चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले खेल सोचेजस्तो नभएको बताए। यो खेलसँगै चेल्सीको शीर्षस्थानमा पूग्ने सपना अधुरै रहेको छ भने टोटेनहमले अंकदुरी बढाउन बाँकी खेल पर्खनु पर्नेछ। तर बलियो टिम लिभरपुललाई पछि पार्न उसलाई चुनौती रहनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार