असोज १३, २०८३ मंगलबार September 29, 2026

युरोपा लिग-टोटेनहम हटस्पर नकआउट चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति अष्ट्रियन क्लब लास्कसँग तीन तीन गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

समूह ‘जे’ मा टोटेनहमले ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । शीर्षस्थानमा रहेको रोयल एन्टवेर्पको १२ अंक छ ।

लास्कको ७ तथा लुडोगोरेट्स राजग्राडले अंक जोड्न सकेको छैन । खेलको ४२औं मिनेटमा मिचर्लको गोलबाट घरेलु टोली लास्कले एक शुन्यको अग्रता लिएको थियो । खेलको ४५औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

लुकास मोउराको क्रसलाई पेनाल्टी बक्समा एन्डराडेले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले टोटेनहमलाई पेनाल्टी दिएका थिए । जसलाई बेलले गोलमा परिणत गर्न सफल भए । त्यस्तै खेलको ५६औं मिनेटमा टांगी एनडोम्वेलेको पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।

खेलको ८४औं मिनेटमा जोहाननेस इगेस्टिनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ८७औं मिनेटमा डेल अलीले पेनाल्टीमार्फत गोल गरेपछि टोटेनहमले खेलमा पुनः ३–२ को अग्रता लिएको थियो ।

तर खेलको ९०औं मिनेटमा मामोउडोउ कारामोकोले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

यही समूहको अर्को खेलमा बेल्जियन क्लब रोयल एन्टवेर्पले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि ३–१ गोल अन्तरको जित निकाल्दै समूहमा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार