असोज १२, २०८३ सोमबार September 28, 2026

प्रधानमन्त्री कप क्रिकेटमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ। काठमाडौँं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम सार्वजनिक गरेको हो।

काठमाडौँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष अमितवीर पाण्डेका अनुसार अस्मिना कर्माचार्यको कप्तानीमा महिला टोली तथा सञ्जम रेग्मीको कप्तानीमा पुरुष टोलीको घोषणा गरिएको छ।

छनोट गरिएका महिला खेलाडीमा सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डङ्गोेल छन्। वैकल्पिक खेलाडीमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम रहेका छन्।

यसैगरी छनोट भएका पुरुष खेलाडीमा विभस्तु थापा (उपकप्तान), सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन्। पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी रहेका सङ्घले जनाएको छ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ। क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो।

क्यानले मङ्सिर २१ गतेभित्र जिल्लाको टोली छनोट तथा पुस ७ गतेसम्म प्रदेशको टोली छनोट सम्पन्न गर्न निर्देशन दिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार