असार २३, २०८२ सोमबार July 7, 2025

नेपालको फुटबल वरीयता यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपालको फुटबल वरीयता यथावत रहेको छ। विश्व फुटबल महासङ्‍घ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ।

नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन। बङ्‍गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरीयता यथावत रहेको छ।

बङ्‍गलादेश फिफा वरीयतामा दुई स्थान झरेको छ। गत साता बङ्‍गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो। दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्‍गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्‍का २०६औँ स्थानमा रहेको छ।

फुटबलको विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फिफा वरीयतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ। –रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार