मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

गौतमबुद्ध कप : नारायणीविरुद्ध राप्तीको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चितवनस्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी गौतमबुद्ध कप क्रिकेटमा टिम राप्तीले रोमाञ्चक जित निकालेको छ । आज भएको खेलमा राप्तीले टिम नारायणीलाई १ विकेटले पराजीत गरेको हो ।

नारायणीले दिएको १३९ रनको लक्ष्य पछएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन पूरा गरेको हो । राप्तीका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ४१ बल खेलेका उनले ४ चौका र ६ छक्काको सहयोगमा ६५ रन बनाउँन सफल भएका थिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो । अब दुई टोलीबीचको फाइनल खेल भोलि हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया