बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अर्मानिया अजरबैजानबीच पुनः झडप, चार सैनिक मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अजरबैजान र अर्मानियाबीच नागोर्नो काराबाख क्षेत्रको युद्ध समाप्त भएपछि यो महिनामा पहिलो पटक पुनः झडप भएको छ ।

फौजले दुई पहाडी गाउँलाई घेराबन्दी गरेको थियो जहाँ अर्मानियाका लडाकूले डेरा जमाएका थिए । यद्यपि, रुसका शान्ति सैनिकले त्यहाँ पुगेर स्थिती नियन्त्रणमा लिए ।

अजरबैजानका रक्षा मन्त्रालयले यो झडपमा उसका चार सैनिक मारिएको बीबीसीले जनाएको छ । अर्कोतर्फ, अर्मानियाली पक्षले अजरबैजानको कारवाहीमा उसका ६ लडाकू घाइते भएको बताएका छन् ।

अजरबैजान–अर्मानियाबीच यो झडप नागोर्नो–काराबाखको दक्षिणी इलाकाको दुई गाउँमा भएको हो । अजेरी भाषामा यी गाउँलाई चाइलाक्काला र क्योना ताखलर भनिन्छ जबकि अर्मानियाली लवजमा यसको नाम खत्साबेर्ड र खिन ताखेर हो ।

१० नोभेम्बरमा जब दुई देशबीच युद्ध समाप्त भएको थियो तब अर्मानियाली सैनिकको एक टुकडी यी दुई गाउँमा बसिरहेको थियो । तर यस वरिपरिका इलाका कि त सुनसान पहाड हुन् वा अजेरी फौजको नियन्त्रणमा रहेको इलाका हुन् ।

चाइलाक्काला यी इलाका हुँदै गुज्रेन एक पहाडी सडकको किनारामा बसेको गाउँ हो र क्योना ताखलर यसको ठिक नजिकको गाउँ हो । यो सडकको पूर्व र पश्चिम दुबै छोर अब अजरबैजानको नियन्त्रण भएको इलाका हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार