असार ५, २०८३ शुक्रबार June 19, 2026

वाणिज्य बैंक र युके एड फाइनान्सबीच भूकम्पपीडितलाई सहुलियत कर्जा दिने सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र यूके एड सक्षम एक्सिस टु फाइनान्सबीच गोरखा र धादिङ्ग जिल्लाका भूकम्पपीडित जनतालाई सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा धादिङ्गका धुनिबेसी, निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाका भूकम्पपीडितलाई बैंकले सहुलियत दरमा भूकम्पपीडित घरकर्जा दिने उल्लेख छ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले दिएको पैसा बैंकमार्फत पारदर्शी तवरबाट जनताको हातमा पुगेको बताउँदै यस्तो सम्झौताले भूकम्पपीडित जनतालाई भवन निर्माण गर्न आवश्यक परेको रकम पूरा हुने बताएका छन।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापश्चात् राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने गरी राष्ट्रिय वाणिज्य बैंकले भूकम्पपीडित जनताहरुलाई सहुलियत रुपमा कर्जा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

सक्षम एक्सिस टु फाइनान्सका टिम लिडर निर्मल दाहालले यो सम्झौताले भूकम्पपछिको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने दाबी गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
२०८३ असार ५, शुक्रबार
रवि लामिछानेमाथिको सङ्गठित अपराधको अभियोग हट्यो, सहकारी ठगी मुद्दा यथावत्
२०८३ असार ५, शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार