असार २३, २०८२ सोमबार July 7, 2025

सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिने : सदस्य सचिव सिलवाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातवटै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार÷पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा सङ्घ मर्कामा परेको बताए । प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ ।

कास्कीले स्याङ्जालाई सात पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८ दशमलव पाँच ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको योगफल तयार गरेकामा कास्कीले २८ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो । कास्कीको तर्फबाट अभिषेक थापाले अविजित ४३ तथा सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाएका थिए ।

स्याङ्जाका विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन बनाउनुभयो । कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान तीन÷तीन विकेट तथा कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक÷एक विकेट लिनुभयो । प्रतियोगिता अन्तर्गत शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने सङ्घका सचिव सुमनराज कार्कीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार