असार २१, २०८२ शनिबार July 5, 2025

राष्ट्रपतिलाई अनावश्यक गाली गर्नु महिलामाथीको चरित्र हत्या : सांसद विमला राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: राष्ट्रियसभा सांसद विमला राई पौड्यालले केही दिनअघि काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूहले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजीले राजनीतिक दलले गरेको आन्दोलनमा राष्ट्रपतिको यौनिकतालाई विषय उठाइएको भन्दै आपत्ति जनाएकी छन् ।

आन्दोलनको त्यसबेला क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’

३/३ जना नेपालको पूर्वप्रधानमन्त्री भईसकेको सहभागी कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक भन्दै उनले माफी माग्न आग्रह गरिन् । ‘यदि त्यस्तो नारा लगाउने मान्छे राजनीतिक मान्छे हो भने सार्वजनिक रुपमा माफी माग्ने कि नमाग्ने ?’ उनले प्रश्न गरिन् ।

लोकतान्त्रिक आन्दोलनमा पुरुष बराबरै महिलाको पनि सहभागिता रहेको  र अहिलेको परिवर्तनमा महिलाको भुमिकालाइ भुल्न नहुने भन्दै सांसद पौड्यालले राजनीतिमा विरोध र समर्थन गर्न पाइने भए पनि राजनीतिक संस्कार चाहिने बताइन् । ‘राम्रो काम, नराम्रो कामको विरोध गर्न पाइन्छ, (संसद विघटनलाई ) कसैले राम्रो भनेका छन्, कसैले नराम्रा भनेका छन’ उनले भनिन् ‘यो विषय सर्वोच्च अदालत र निर्वाचन आयोगमा कुरा पुगेको छ, त्यहाँ छलफल होला । तर किन महिलाको यौनिकतासँग जोडेर कुरा गरिन्छ ?’

अहिले राजनीतिक दलका नेताहरुले गर्ने भाषण परिवार तथा छोराछोरीसँग बसेर हेर्न लाज हुने पौड्यालले बताइन् । राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको र भेला आयोजना गर्नेविरुद्ध पनि मुद्धा हाल्ने तयारी भएको उनले बताइन् ।

सांसद पौड्यालले उपप्रधानमन्त्री भइसकेको व्यक्तिले प्रधानमन्त्रीमा महिलाको अंग परेको छ भनेर भाषण गर्नु लस्जासपद भएको पनि टिप्पणी गरिन् । नेकपा नेता भीम रावललाई लक्षित गर्दै पौड्यालले उक्त आरोप लगाएकी थिइन् । तर रावलले प्रधानमन्त्रीमाथि त्यस्तो टिप्पणी नगरेको स्पष्ट बताइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार