असार २३, २०८२ सोमबार July 7, 2025

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पार्नुभएको छ ।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उहाँले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पार्नुभएको थियो ।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभएको थियो । यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पार्नुभयो । उहाँले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो हुनुभयो भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो हुनुभएको थियो । विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो । जीतगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी हुनुभएको थियो ।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त भएको थियो । जीतगढी किल्लाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कोरोना महामारीका बीच पनि सतर्कता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापाले बताउनुभयो । नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो । (तस्वीर उपलब्ध छ) (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार