श्रावण २६, २०८३ मंगलबार August 11, 2026

खैरो हिरोइनसहित तीन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ ।

तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र रु ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार