श्रावण ३०, २०८३ शनिबार August 15, 2026

युवा संघको एकीकरण टुंगियो, कुन जिल्ला कसको भागमा ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

युवा संघ संयोजक रामप्रसाद सापकोटाले सम्मानजनक ढंगले जिल्ला, महानगर र उपमहानगरपालिकाको नेतृत्व टुंगिएको बताए । उनका अनुसार, नेतृत्वमा को रहने भन्ने टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्नेछ ।

त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।

संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समितिसमेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् ।

युवा संघले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका इञ्चार्ज तथा सहइञ्चार्जमा केन्द्रीय समितिका सदस्यहरूलाई पठाउने निर्णय गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार