बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

हजारौं रोहिंग्या शरणार्थी विवादास्पद टापूमा स्थानान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा करिब एक हजार ७५० रोहिंग्या शरणार्थीलाई सारेको बङ्गलादेशका अधिकारीहरूले शुक्रबार बताएका छन् । उक्त टापू सुरक्षाका दृष्टिले जाखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बङ्गलादेशले शरणार्थी स्थानान्तरण गरिएको हो ।

म्यानमारको सीमानामा रहेको बङ्गलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबारमा करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । मानव अधिकारवादी समूहले दावी गरेजस्तै शरणार्थीलाई स्थानान्तरण गरी लग्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

सन् २०१७ मा भएको बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएको भन्दै म्यानमारको सेनाले चलाउको कारबाहीपछि रखाइन राज्यलगायतका स्थानका अल्पसङ्ख्यक मुसलमान समुदायबाट विस्थापित बनी करिब १० लाख रोहिंग्याहरू खासगरी बङ्गलादेश, भारत, नेपाल, मलेसिया, इन्डोनेसियालगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्याङ्क रहेको छ ।

बङ्गलादेश सरकारले करिब एक लाख शरणार्थीलाई बङ्गालको खाडी नजिक रहेको भसन चार टापूमा बनाइएको शिविरमा सार्ने बङ्गलादेश सरकारको योजना रहेको छ ।रास

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी घाइतेको विवरण सार्वजनिक
२०८३ बैसाख १८, शुक्रबार
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
२०८३ बैसाख १८, शुक्रबार
ट्राफिक नियम उल्लङ्घन भएमा लाइसेन्स र ब्लुबुक नखोजिने
२०८३ बैसाख १८, शुक्रबार
जेनजी नफुटबल प्रतियोगिताको उपाधि हात्तीमुडा फुलबल क्लबलाई
२०८३ बैसाख १८, शुक्रबार
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार