बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

इजरायली प्रधानमन्त्री विरूद्धको आन्दोलन हिंसात्मक- पानीको फोहरा हानी प्रदर्शनकारीमाथी दमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भ्रष्टाचार आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजीनामा माग्दै सडकमा उत्रिएका हजारौँ प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रयोग गरी हटाएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै अघि बढेका केही आन्दोलनकारीले निशेधित षेत्रमा प्रवेश गर्न खोजेको, प्रहरीमाथि पथ्थरले आक्रमण गर्दै दुव्र्यवहार गरेपछि बल प्रयोग गरिएको प्रहरीले पुष्टि गरेको छ ।

करिब १० डिग्री सेल्सियसको तापक्रम रहेको चीसो रातिमा दशौँ हजारको सङ्ख्यामा सहभागी आन्दोलनकारीले प्रधानमन्त्रीको राजिनामा माग्दै प्रदर्शनमा सहभागिता जनाएपछि उनीहरूलाई मैदानबाट हटाउन प्रहरीले पानीको फोहरा प्रयोग गरेको बताइएको छ ।

जेरूसेलममा विगत सात महिनादेखि हरेक शनिबार नेतन्याहुविरुद्धको आन्दोलन हुँदै आएको छ । झडपपछि आन्दोलनमा सहभागी कैयौँ प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको छ भने सुरक्षा अधिकारीसमेत केही व्यक्ति घाइते भएका छन् ।

सरकारले संसदमा विश्वासको मत पुष्टि गर्न नसकेपछि आगामी मार्च २३ मा निर्वाचनको मिति तय गरिएको भएपनि प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहमाथि तीन गम्भीर भ्रष्टाचारका मुद्दा लागेको, कोरोना भाइरसको महामारीका समय राज्यका तर्फबाट कुशल व्यवस्थापन गर्न नसकेको, महामारी नियन्त्रण गर्ने क्रममा सरकारले अख्तियार गरेको नीतिका कारण बेरोजगार दर दुई अङ्कले वृद्धि भएको लगायतका आरोप लगाउँदै प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्न असक्षम रहेको दावी आन्दोलनकारी समूहको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार