श्रावण २४, २०८३ आइतबार August 9, 2026

एमसीसीमाथि नेपालको सहज जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सहज जित हात पारेको हो । २०२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले ३७.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाएको थियो । एमसीसीका लागि विल रोडसले ५४ रन बनाए । त्यस्तै, ओपनर विल्ली गोड्लम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४–४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १–१ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार