बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

किर्गिस्तानमा नयाँ प्रधानमन्त्री निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ । किगिस्तानको संसद्ले उलुक्बेक मरिपोभको उम्मेदवारीलाई बुधबार पारित गरेकाले उहाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को सङ्ख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सङ्ख्या एक मात्रै गरिएको छ । त्यसैगरी मन्त्रीहरूको सङ्ख्या पनि १६ मा झारिएको छ । यसअघि मन्त्रीहरूको सङ्ख्या २२ रहेको थियो ।

केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत हुनुहुन्थ्यो । एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो ।

त्योभन्दा अगाडि उहाँ राष्ट्रपति कार्यालयको उपप्रमुख हुनुहुन्थ्यो । यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उहाँ किर्गिस्तानमा नयाँ प्रधानमन्त्री चयन गर्नुपरेको हो । झापारोभ यही जनवरी १० मा मुलुकको राष्ट्रपतिमा निर्वाचित भएकाले उहाँले राजीनामा दिनुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण
२०८३ बैसाख १८, शुक्रबार
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
२०८३ बैसाख १८, शुक्रबार
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपतिका विशेष दूत गोरबीच भेटवार्ता
२०८३ बैसाख १८, शुक्रबार
जटिल प्रसूति अवस्थामा हवाई उद्धारले बचायो आमा र शिशुको ज्यान
२०८३ बैसाख १८, शुक्रबार
‘श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ’ – माधव नेपाल
२०८३ बैसाख १८, शुक्रबार
अतिक्रमित जग्गा खाली गराउने सरकारको कदमलाई जनताको साथ
२०८३ बैसाख १८, शुक्रबार
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
२०८३ बैसाख १८, शुक्रबार