असार २३, २०८२ सोमबार July 7, 2025

राष्ट्रिय महिला फुटबल – विराटनगर विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा विराटनगर महानगरपालिकाको टोली विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । विराटनगरका लागि विजयी गोल पार्वती घलेले गर्नुभएको हो । खेलको नवौैँ मिनेटमा घलेले निर्णायक गोल गर्नुभएको थियो ।

खेलमा पुलिसले थुप्रै अवसर पाए पनि गोल गर्न भने सकेन । विराटनगरको जारी लिगमा यो तेस्रो जीत हो । विराटनगरले हालसम्म ६ खेलबाट १० अङ्क जोडेको छ । विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ । पुलिसले ६ खेलमा ८ अङ्क जोडेको छ ।

हारसँगै पुलिस लिगको चौथो स्थानमा झरेको छ । हारसँगै पुलिस उपाधि होडबाट बाहिरिएको छ । लिगको पहिलो चरणको खेल आज सम्पन्न भएका छन् । अब लिगको दोस्रो चरणका खेल शनिबारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया