असोज २, २०८३ शुक्रबार September 18, 2026

सनराईज बैंकको ३ अर्बको ऋण पत्र जारी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्वको ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबार (भोली)बाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ।

निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताएका छन। बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ। त्यसको ब्याजको भुक्तानी ६र६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ।

बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ। सो ऋण पत्रको निष्काशन तथा बिक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ। ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गणेशमानको आदर्श आत्मसात् गर्न कांग्रेसलाई सभापति गगन थापाको आह्वान
२०८३ असोज २, शुक्रबार
ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
२०८३ असोज २, शुक्रबार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास
२०८३ असोज २, शुक्रबार
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
२०८३ असोज २, शुक्रबार
युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने सरकारको तयारी : मन्त्री रामजी यादव
२०८३ असोज २, शुक्रबार
संविधान जनताको सर्वोच्चता स्थापित गर्ने दस्तावेज हो : मुख्यमन्त्री भट्ट
२०८३ असोज २, शुक्रबार
१५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
२०८३ असोज २, शुक्रबार