असार २६, २०८२ बिहिबार July 10, 2025

जर्मनीमा ६० हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ ।

इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८ सय ५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महामारीबाट ज्यान गुमाएका हुन् ।

उक्त अवधिमा जर्मनीमा सङ्क्रमितको सङ्ख्या १२ हजार ९०८ रहेको छ भने अहिलेसम्म कोभिड सङ्क्रमित भएका विरामीको सङ्ख्या २२ लाख ६४ हजार ९०९ पुगेको छ । जर्मनीमा महामारी सुरूभएपछि अहिलेसम्म २० लाख व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ मा कोभिड–१९ को सङ्क्रमणले विश्वव्यापी महामारीको रूप लिएको घोषणा गरेको थियो ।

अहिलेसम्म विश्वभर १० करोड ४० लाख ८० हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् भने विश्वभर २२ लाख ८० हजार सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार