असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपामा शक्ति प्रदर्शनको होडबाजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति प्रदर्शनको होडबाजी नै चलिरहेको छ । प्रतिनिधि सभा विघटनस“गै दुई समूहमा विभाजित नेकपा काठमाडौंलगायत देशभर शक्ति प्रदर्शनमै व्यस्त छन् । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बिभाजित भएको हो ।

एक समूहको नेतृत्व नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले र अर्को समूहको नेतृत्व नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् । प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै काठमाडौंमा दाहाल–नेपाल समूहले गत १४ माघमा शक्ति प्रदर्शन गरेको थियो । यसपछि ओली समूहले काठमाडौंमै २३ माघमा शक्ति प्रदर्शन गर्यो  ।

आज दाहाल नेपाल समूहको नेकपाले फेरि शक्ति प्रदर्शन गर्दै छ । स्रोतका अनुसार सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दा प्रभावित गर्ने उद्देश्यले शक्ती प्रदर्शन भइरहेको हो । निर्वाचन आयोगमा नेकपा आधिकारिता विषयमा जारी प्रक्रियासमेत प्रभावित बनाउँने उद्देश्यले दुबै समूह एकपछि अर्को शक्ति प्रदर्शन गर्न खोजिरहेको स्रोतको दाबी छ ।

‘नेकपाका कतिपय नेता–कार्यकर्ता कुन समूहमा जाने ?’ भन्ने विषयमा खुल्न सकिरहेका छैनन्,’ स्रोतले भन्यो, ‘उनीहरूलाई खुलाउन तथा विचाराधीन मुद्दा प्रभावित पार्ने उद्देश्यले दुबै समूह शक्ति प्रदर्शनको होडबाजीमा छन् ।’

काठमाडौं जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन माहौल तयार गर्न शक्ति प्रदर्शन गरेको बताएका थिए । गत शुक्रबार नारायणहिटी दरबार संग्रहालय अगाडि भएको जनसभामा उनले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको दाबीसमेत गरे ।

‘सरकारलाई आफ्नै पार्टी नेताबाट काम गर्न नदिइएकाले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको’ बताउँदै ओलीले ‘संसद्मा जोडघटाऊ गरेर सरकारलाई अप्ठयारोमा पारेर किचलो गर्ने काम (दाहाल–नेपाल)ले गरेको’ आरोपसमेत लगाएका थिए ।

सरकारले २०७८ को १७ र २७ वैशाखमा प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरिसकेको छ । त्यसअनुसार निर्वाचन आयोग तयारीमा जुटेको छ । विभिन्न राजनीतिक दलस“ग आयोगले छलफलसमेत थालिसकेको छ ।

नेकपा ओली समूह नेता कर्णबहादुर थापा ‘विखण्डनवादी र गुटबाज’ पार्टीबाट निस्केपछि नेकपा सक्रिय र चलायमान बनेको बताउ“छन् । दाहाल–नेपाल हुञ्जेल पार्टी र सरकारको काममा अवरोधमात्रै गरिरहेको बताउँदै उनले अहिले पार्टी र सरकारको काम तीव्र गतिमा अघि बढिरहेको बताए ।

तत्कालीन एमाले र माओवादीबीच एकतापछि पार्टी र सरकारका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको थियो । ‘तर, (दाहाल–नेपाल)का कारण कुनै सभा हुन सकेनन्,’ थापाले भने, ‘अहिले उहाँहरू गुटगत कुरा गर्दै हि“डनुभएको छ, हामीले पार्टी निर्णयअनुसार सरकारका कामबारे जानकारी गराइरहेका छौं ।’

यद्यपि, नेकपा ओली समूहले भनेको दाहाल–नेपाल समूहले स्वीकार गरिरहेको छैन । सो समूहले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन कदम ‘असंवैधानिक र अलोकतान्त्रिक भएको’ भन्दै पुनस्र्थापना मागसहित आन्दोलन गर्दै आएको छ । नेकपा दाहाल–नेपाल समूह स्थायी कमिटी सदस्य एवं आन्दोलन परिचालन संघर्ष समिति सहसंयोजक गणेश साहले ओलीले संविधान मिचेकाले त्यसको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।

‘प्रधानमन्त्रीले संविधान र लोकतन्त्र लत्याउने काम गरिरहेका छन् । हामीले त्यसको रक्षाका लागि आन्दोलन गरिरहेका हौं,’ साहले भने, ‘प्रतिनिधि सभा विघटनदेखि संवैधानिक आयोग पदाधिकारी नियुक्तिलगायत विषयमा भएको मनपरी तन्त्र रोक्दै विधि, पद्दति, कानुन स्थापित गराउनु हाम्रो दायितत्व हो ।’

दुबै समूहले प्रस्तुत गर्ने आ–आफ्नो दावी एकठाउँमा भए पनि पार्टी एकतापछि कार्यक्रमबिहीन बनेको नेकपाका विभिन्न कार्यक्रमले कार्यकर्ताले राजनीतिक रूपमा प्रशिक्षित हुने मौका पाइरहेका छन् ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा ठुला सभा, भेलालगायत भइरहेका छन् । नेता–कार्यकर्ताबीचको सम्बन्ध दोहोरो प्रगाढ बन्दै गएको अनुभवसमेत गरिन थालिएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार