असार २४, २०८२ मंगलबार July 8, 2025

३ महीनामा ४७ सय लाइसेन्स वितरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको ३ महीनामा ४ हजार ७०० सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७र७८ को माघसम्ममा ४ हजार ६९८ ओटा लाइसेन्स वितरण भएको छ ।

कोरोना महामारीका कारण यो वर्ष गत मङ्सिरदेखि मात्रै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो । मङ्सिरयता ३ महीनामा ३ हजार २८० सेवाग्राहीले नयाँ र १ हजार ४१८ जनाले वर्गीकरण थपेर लाइसेन्स बनाएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण लाइसेन्सको परीक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातायात व्यवस्था कार्यालय प्रमुख सुशील साहले बताए । यो कार्यालयले बितेको चैत ६ यता लाइसेन्सको परीक्षा लिएको थिएन ।

गत असारमा केही दिन कार्यालय खुले पनि नवीकरणको काम मात्रै भएको कार्यालयले बताएको छ । यो वर्षको मङ्सिरदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताए ।

गत चैतमा लिखित परीक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाइसेन्स लिइरहेका छन् । ‘यातायात व्यवस्था विभागले गत पुस महीनादेख लाइसेन्सका लागि अनलाइनबाटै आवेदन खुला गरेपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको छ,’ साहले भने । कार्यालयले अहिले हप्तामा २ दिनसम्म ट्रायल लिएको छ । बितेको ७ महीनामा १५ हजार १७४ ओटा नवीकरण, १ हजार १४३ प्रतिलिपि र ७३५ सेवाग्राहीको लाइसेन्स प्रतिलिपि र नवीकरण भएको पनि कार्यालयले बताएको छ । आर्थिक अभियान दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार