काठमाण्डौंः संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन् ।
इरानले मंगलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्दैछ । सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो ।
आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्टनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ ।
ट्रम्प प्रशासनले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो ।
इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्नेसमेत बताएको छ । – बीबीसीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया