श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अब वेबसाइटबाटै माटो परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उहाँले भन्नुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो । माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो ।

नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ ओटा जिल्लाबाट कुल २३ हजार २ सय ७३ ओटा माटोका नमूनाहरूको परीक्षण गरी तिनको नतीजाको विश्लेषणका आधारमा तयार गरिएको छ । यो डिजिटल नक्सा तयार गर्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोको गुणहरू निर्धारणमा भूमिका खेल्ने भौगोलिक अवस्था, वनस्पति, वर्षा, तापक्रमलगायत विभिन्न वातावरणीय कारकतत्त्वमध्ये १ सय ६८ ओटा तŒवहरूलाई आधार मानिएको छ ।

माटोको डिजिटल नक्सांकन गर्नेमा नेपाल दक्षिण एशियामा पहिलो बनेकोमा खुशी व्यक्त गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नेपालको कृषिक्षेत्रको विकासमा यस कार्यले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् । अब घरको कोठमा बसेर मोबाइल वा कम्प्युटरमार्फत आफ्नो जमीनको अवस्था थाहा पाउने अवसर प्राप्त हुनुले नेपालमा कृषिक्षेत्रले नयाँ गति लिने कुरामा आफू विश्वस्त भएको उनले बताइन् । नेपाली किसानले अब उत्पादनमा मात्र होइन, उत्पादनको बजारीकरण र निर्यातमा समेत जोड दिनुपर्ने उनले बताइन् ।

डिजिटल नक्सा https://soil.narc.gov.np मार्फत हेर्न सकिनेछ भने यसबाट आफूले चाहेको प्रदेश, जिल्ला र पालिका, वार्ड र घरधुरीसम्म गई त्यहाँको माटोको अवस्था थाहा पाउन सकिने प्रावधान रहेको छ ।

माटोको डिजिटल नक्साले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार गर्नमा समेत सहयोग गर्ने कृषि सचिव योगेन्द्रकुमार कार्कीले बताए । अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार