काठमाण्डौंः नाइजेरियामा शनिबार अपहरणमा परेका मध्ये २७ विद्यार्थीसहित ४२ जनालाई अपहरणमुक्त गरिएको छ। नाइजर प्रान्तका गभर्नर अबु–बकर सानी बेलोका अनुसार दश दिन अघि अपहरणमा परेका मध्ये ४२ जनालाई रिहा गरेको हो।
गत हप्ता एक विद्यालयका २७ विद्यार्थी, १२ जना अभिभावक र स्कुलका कर्मचारीहरूको अपहरण भएको त्यहाँको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
यद्यपि नाइजेरियाको उत्तरी क्षेत्रबाट अपहरणमा परेका ३ सय ३७ छात्राहरूको अवस्था अझै अज्ञात रहेको बताइएको छ।
उनीहरूको खोजी कार्य तीव्र पारेको र यसका लागि दुई वटा हेलिकोप्टर प्रयोग गरिएको प्रहरीले जनाएको छ। अपहरणमा परेकाहरू १२ देखि १६ वर्ष उमेर समूहका छन्।
विद्यार्थीहरू अपहरणमा परेपछि देशभरका विद्यालय केही समयका लागि बन्द गरिएको छ। अहिलेसम्म कुनै पनि संगठनले अपहरणको जिम्मा लिएको छैन। यसअघि सन् २०१४ मा पनि इस्लामिक चरमपन्थी संगठन बोको हरामले २ सय ७६ स्कुले छात्राहरूको अपहरण गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया