श्रावण २, २०८२ शुक्रबार July 18, 2025

क्लासिक टेकको इन्टरनेट सेवा अवरुद्ध पार्ने पूर्वकर्मचारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिको भारतबाट ल्याइएको इन्टरनेट सेवाको लागि प्रयोग हुने मुख्य डिभाइसहरु तोडफोड गर्ने एक जना पूर्वकर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको निजगढमा कार्यरत किरण तिमल्सिनालाई इन्टरनेट कनेक्सन गर्ने पथलैयाको नेपाल विद्युत प्राधिकरणमा राखेको डेटा सेन्टरको तारहरु निकाल्दा र अप्टिकल फाइबरलगायतका तारहरु काटिदिँदा बुधवार ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखाहरुमा सेवा अवरुद्ध भएको क्लासिक टेकले जनाएकाे छ ।

अहिले काटिएको अप्टिकल फाइबर मर्मत गरेर सेवा सञ्चालन भइसकेको क्लासिक टेक मुख्य कार्यालयका एक अधिकारीले जानकारी दिए ।

कम्पनीबाट काम छोडिसकेका पूर्व कर्मचारी तिमल्सिनाले क्लासिक टेकको नेशनल ब्याकबोन नै डाउन गराएका थिए । जसले गर्दा भारतबाट वीरगञ्ज हुँदै आयात गरिएको एयरटेल र सिफीको सम्पूर्ण लिङ्क डाउन भएको थियो ।

यसले मुख्यगरी बैंक तथा वित्तीय संस्थाहरुको सेवा अवरुद्ध हुनुका साथै सरकारी निकायहरुको इन्टरनेट तथा अन्य ग्राहकहरुको सेवामा असर पुगेको बताइएको छ । ग्राहकहरुलाई सेवा निरन्तर सेवा उपलब्ध गराउनुपर्ने इन्टरनेट सेवा अचानक काटिँदा र ‘पिक टाइम’ मा सेवा बन्द हुँदा क्लासिक टेकलाई समेत निकै हानी भएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पूर्व कर्मचारी तिमल्सिनाले विद्युत प्राधिकरणको यस कार्यालयमा आफ्नो पुरानो परिचयपत्रमार्फत प्रवेश गरी कम्पनीका उपकरणहरुमा हानी नोक्सानी पुर्‍याएका थिए । ती कर्मचारी अहिले इलाका प्रहरी कार्यालय सिमरा, बाराको प्रहरी हिरासतमा रहेका क्लासिक टेकले जनाएकाे छ ।

अत्यावश्यक सेवा अन्तर्गत पर्ने इन्टरनेट सेवामा अवरोध गर्न कानूनले रोक लगाएको छ । यस्तोमा प्रहरीले अत्यावश्यक सेवा ऐनअनुसार कारबाही गर्न सक्नेछ। टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्याय सम्पादनलाई चुस्त बनाउन सहयोग गर्नु नै हाम्रो प्रयास रहनेछ : महान्यायाधिवक्ता, बडाल (अन्तवार्ता)
२०८२ श्रावण २, शुक्रबार
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार