असार २४, २०८२ मंगलबार July 8, 2025

केयुकेएलद्वारा वितरण गरिएको खानेपानीमा फोहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।

सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको धाराका फोहर र गन्हाउने पानी आउन थालेकाले उनीहरूले समाधानका लागि वितरण केन्द्रमा जानकारी गराएका थिए । तर केन्द्रले गुनासो सुनुवाइ नगरेको उनीहरू बताउँछन् ।

पटक–पटक वितरण केन्द्रमा जानकारी गराउँदा पनि केन्द्रले चासो नदिएको स्थानीयको भनाइ छ । स्थानीय फुलबहादुर न्यौपानेले खानेपानीको धारामा ढल मिसिएको र गन्हाउने पानी आएको बताए । ‘यत्तिका दिन भयो खानेपानीको धारामा ढल आएको छ, हामीले सम्बन्धित निकायलाई जानकारी पनि गरायौं तर चासो दिएनन् ।’ उनले धारामा प्रयोग गर्न मिल्ने पानी नआएपछि खानेपानीको अभाव भएको बताए । स्थानीय डा. राजकुमार सुवेदीले पटकपटक जानकारी गराउँदा पनि खानेपानीको समस्या समाधान गर्न सरकारी निकायले अटेरी गरेको बताए ।

त्यस्तै, ललितपुरको खुमलटार क्षेत्रमा पनि खानेपानी फोहर आएको भन्दै स्थानीयले गुनासो गरेका छन् । ललितपुर महानगर–१५ स्थित यस क्षेत्रमा पिउन र प्रयोग गर्न लायक पानी नआएको उनीहरूको भनाइ छ ।

स्थानीय दीपक घिमिरेले सरकारी निकायको चरम लापरबाहीका कारण फोहर र ढल मिसिएको खानेपानी आउने गरेको बताए । उनले केयुकेएललाई जानकारी गराए पनि बेवास्ता गरेको गुनासो गरे । उनले खानेपानीको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्, ‘सरकारी खानेपानीको यो हालत, यस्तो पानी कसरी पिउनु ?’ त्यसै त हप्ताको एक दिन आउने पानी त्यही पनि फोहर बनेपछि स्थानीयलाई पिउने पानीको अभाव भएको छ । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार