असार २६, २०८२ बिहिबार July 10, 2025

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया